बिटी कप: उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने
उपाधि राशी १ लाख ८१ हजार १ सय ११ रुपैयाँ
पाेखरा | माघ २८, २०८१
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् ।
उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार आज (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा रामघाट एफसीले बिग सिटी लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा गन्नी एफसीसँगको भेट पक्का गरेको विनोद गुरुङले बताए ।
उनका अनुसार ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा गत २२ गतेदेखि सुरु भएको प्रतियोगिता भोलि (मंगलबार) सम्पन्न हुनेछ ।
कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष १...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन...
काठमाडौं: यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओ...

